scheduleआइतवारफाल्गुन २३ गते, २०७७

‘केपी ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी कारबाही’

काठमाडौं, ११ माघ । नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको उपस्थितिमा आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट पनि निष्कासन गरेको हो ।

यसअघी प्रचण्ड–नेपाल समूहले पुस ७ गते ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । यसबीचमा ओलीलाई स्पष्टीकरण सोधिए पनि त्यसको जवाफ नआएपछि साधारण सदस्यबाट हटाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी हित विपरीतको काम गरेको तथा प्रतिनिधिसभा विघटन गरेकाले ओलीलाई अनुशासनको कारवाही गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले गंगालाल तुलाधरलाई पार्टी केन्द्रीय कार्यालयको सचिव तोकेको छ भने संघर्ष समितिले सोमबार थप संघर्षको कार्यक्रम निर्धारण गर्ने निर्णय गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay