बालुवारमा सुरु भयो मन्त्रिपरिषद्को नियमित बैठक
काठमाडौं, ११ माघ । मन्त्रिपरिषदको नियमित बैठक बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बस्दै आएको छ ।
प्रधानमन्त्री ओली सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालय नपुगेको वर्ष दिन पुग्न लागिसकेको छ । ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आइतबार राति मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको जानकारी दिएका छन् ।