शेरधन दम्पत्तिलाई बधाई दिन पुगे प्रधानमन्त्री ओली
काठमाडौं, ११ माघ । विवाहबन्धनमा बाँधिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छ्न । मुख्यमन्त्री राई आइतबार विवाह बन्धनमा बाँधिएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले राई दम्पत्तिलाई भेटेर बधाई दिनुका साथै तस्बिर पनि खिचाएका छन् । मुख्यमन्त्री राई नेकपाको ओली समूहका नेता पनि हुन् ।
तस्बिरः सूर्य थापा/प्रधानमन्त्रीका प्रेस सल्लाहकार