scheduleमगलवारफाल्गुन २५ गते, २०७७

बेरुजु फर्छ्यौटमा योगदान पुर्‍याउने प्रहरी पुरस्कृत

काठमाडौं, ११ माघ । प्रहरी प्रधान कार्यालयले बेरुजु फर्छ्यौटमा उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतलाई आज पुरस्कृत गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा योगदान पुर्‍याउने प्रहरी अधिकृतलाई कार्यालयमा एक समारोहमा रु आठ हजार नगदसहित प्रशंसापत्र प्रदान गरे ।

आव २०७६÷७७ मा गृह मन्त्रालय मातहतका कार्यालयमध्ये नेपाल प्रहरी ९५.४६ प्रतिशत बेरुजु फर्छ्यौट गरी यसपालि पनि उत्कृष्ट हुन सफल भएको छ । पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत छन् ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकामा नेपाल प्रहरीले लक्ष्यभन्दा बढी ९५.४६ प्रतिशत बेरुजु फर्छ्यौट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आव २०७३-७४, आव २०७४-७५ र आव २०७५-७६ मा पनि नेपाल प्रहरी उत्कृष्ट बन्न सफल भएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले मिहिनेतका साथ काम गर्ने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै यस कार्यमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत योगदान रहेको स्मरण गरे । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay