scheduleशनिवारफाल्गुन २२ गते, २०७७

चीनमा सन् २०२० मा करिब दुई खर्ब घनमिटर प्राकृतिक ग्याँस उत्पादन

एजेन्सी, १२ माघ । चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्याँस उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा आइतबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ ।

यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो ।

चीनले लगातार चार वर्षसम्म आफ्नो प्राकृतिक ग्याँस उत्पादन परिणामलाई १० अर्ब घन मिटरभन्दा बढी पुर्‍याएको विभागले जनाएको छ ।

प्राकृतिक ग्याँस उत्पादनमा डिसेम्बरमा अझ बढी वृद्धि भएको देखिएको छ । डिसेम्बरमा चीनले १३.७ अर्ब घन मिटरबाट १८.७ अर्ब घन मिटर प्राकृतिक ग्याँस उत्पादन गरेको हो ।

चीनले सन् २०२० मा १२ करोड टन प्राकृतिक ग्याँस निर्यात गरेको छ यो अघिल्लो वर्षको तुलनामा ५.३ प्रतिशतले बढी हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay