कस्तो रहला सोमबार दिनभरको मौसम ?
काठमाडौं, १२ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
अहिले देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ का उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात भएको छ भने तराइका जिल्लाहरुमा हुस्सु/कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहनेछ ।
दिउँसो: देशका प्रदेश न. १,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राती : प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको उच्च हिमाली भु-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानहरुमा बिहानीपख हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।