scheduleशनिवारफाल्गुन १५ गते, २०७७

लिभरपुललाई हराउँदै म्यान्चेस्टर युनाइटेड एफए कपको अघिल्लो चरणमा प्रवेश

काठमाडौं, १२ माघ । प्रिमियर लिगको साविक विजेता लिभरपुल इंग्लिस एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ । गएराति भएको खेलमा चिरपरिचित प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडले लिभरपुललाई ३-२ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडको जीतमा मेसन ग्रीनवुड, मार्कस रासफर्ड र ब्रुनो फर्नान्डेसले १-१ गोल गरे । लिभरपुलका लागि दुवै गोल मोहमद सालाहले गरेका थिए ।

खेलमा सुरुवाती अग्रता भने लिभरपुलले लिएको थियो । १८औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २६औं मिनेटमा ग्रीनवुडले मार्कस रासफर्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

४८औं मिनेटमा रासफर्डको गोलबाट युनाइटेडले खेलमा २–१ को अग्रता लिन सफल भयो । उनले ग्रीनवुडको पासमा गोल गरेका थिए । ५८औं मिनेटमा सलाहले फिर्मिनोको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७८औं मिनेटमा सब्सिच्युट ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाउदै एफए कपको प्रि–क्वाटरफाइनलमा पुर्याए । ब्रुनो ६६औं मिनेटमा डोनी भान डि विकको स्थानमा मैदान प्रवेश गरेका थिए ।

अब युनाइटेडले क्वाटरफाइनल प्रवेशका लागि वेस्ट ह्यामसँग खेल्नेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay