scheduleसोमवारफाल्गुन २४ गते, २०७७

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिने

काठमाडौं, १२ माघ । निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले गरेको छुट्टाछुट्टै निर्णयलाई मान्यता नदिने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले दुबैको दाबी नपुगेको निष्कर्ष निकालेको हो । प्रचण्ड-माधव र ओली पक्षले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने निर्णय भएको बताइएको छ । दुवै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत नदेखिएको आयुक्तहरूको ठम्याइ छ ।

प्रचण्ड-माधव समूहले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । ओली समूहले केन्द्रीय सदस्य थप गरेको जनाएको थियो ।

यसअघि निर्वाचन आयोगले नेकपाका दुबै समूहलाई आफ्नो दाबी सच्याएर प्रस्तुत गर्न सात दिने म्यादसहित पत्राचार गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay