scheduleबिहिवारफाल्गुन २० गते, २०७७

प्रचण्डले शिलान्यास गरेको पुलको उद्घाटन प्रधानमन्त्री ओलीले गर्दै

काठमाडौं, १२ माघ । लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका हुन् ।

तत्कालीन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलिले उद्घाटन गर्न लागेका हुन् । पुल उद्घाटन कार्यक्रमको सबै तयारी पुरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

गत बर्ष नै राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्नेगरी नेपालकै दोस्रो लामो पक्की पुल निर्माण भएको थियो ।

झण्डै एक वर्ष अघि निर्माण सम्पन्न भएको पुलको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली दाङ जान लागेका हुन् । प्रचण्डले २०७३ मंसिर २२ गते पुलको शिलान्यास गरेका थिए ।

पुल पूर्वनिर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण सम्पन्न भएको थियो । यो पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर छ । करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको थियो ।

पुल नहुँदा सिसहनियाँ–महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नुपर्थ्यो । अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ ।

पुल उद्घाटन सकेपछि राप्ती गाउँपालिका–२ लालमटीयामा जनसभाको आयोजना गरिएको छ । यो जनसभामा ५० हजार जनता तथा पार्टीका कार्यकर्ता उतार्ने योजना बनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay