घट्यो सुनको मूल्य, तोलामा कति ?
काठमाडौं, १२ माघ । सोमबार सुनको मुल्य तोलामा २०० रुपैंयाले घटेको छ ।
आइतबार प्रतितोला ९२ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य सोमबार ९२ हजार ४०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९१ हजार ९०० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदीको मुल्य भने स्थिर रहेको छ । सोमबार चाँदी आइतबारकै तुलनामा प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार भएको महासंघले जनाएको छ ।