scheduleमगलवारफाल्गुन २५ गते, २०७७

प्रचण्ड-माधव समूहले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन, यस्ता छन् कार्यक्रमहरु

काठमाडाैं, १२ माघ । नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । उक्त समूहको संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

घोषित कार्यक्रम अनुसार भोलि मंगलबार काठमाडाैंमा सिटी जुलुस गरिने भएको छ । त्यस्तै १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेशसभा सदस्यसहितको धर्ना कार्यक्रम हुनेछ।

१६ गते जुलुससहित श्रद्धाञ्जली कार्यक्रम रहेकाे र दिउँसो १ बजे शान्तिवाटिकाबाट लैनचौर प्रस्थान गर्ने कार्यक्रम रहेको केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसै गरी माघ १५ मा बुटवल, १६ मा विराटनगर र १७ मा धनगढीमा विरोध प्रदर्शन तथा सभा गरिने छ।

प्रदेश राजधानीहरूमा विशिष्ट प्रकारका ठोस कार्यक्रमलाई निरन्तरता दिने, समाजका विभिन्न तह र तप्कासँग अन्तरक्रिया कार्यक्रम गरिने बताइएको छ ।

२२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते देशव्यापी मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन गरिने भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay