संवैधानिक इजलासमा शुरु भयो आजको बहस
काठमाडौं, १२ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस शुरु भएको छ ।
गत सातादेखि निरन्तर भइरहेको बहसमा आज वरिष्ठ अधिवक्ता मेघराज पोखरेलले बहस सुरु गरेका छन्।
प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन्।