scheduleमगलवारफाल्गुन २५ गते, २०७७

अभियोगपत्र फिर्ता लिने र निर्वाचनमा सहभागी भए नेकपा एकता बच्न सक्छः पोखरेल

काठमाडौं, १२ माघ । नेकपा ओली पक्षका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डले अभियोग पत्र फिर्ता लिने र निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनाए नेकपा एकता बच्न सक्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ईश्वर पोखरेलले उक्त कुरा बताएका हुन् ।

पोखरेलले माघ २३ गते काठमाडौंमा गर्ने जनसभा राजनीतिक स्थायित्वका लागि भएको स्पष्ट पारेका छन् । उनले राजनीतिक स्थायित्व,संविधानको रक्षा र संविधानले गरेको व्यवस्थाअनुसार आर्थिक विकासका लागि भएको बताए ।

प्रचण्ड–माधव पक्षले यसअघि माघ नौ गते गरेको विशाल प्रदर्शनका विरुद्ध जनसभा गर्न लागेको हो भन्ने प्रश्नमा पोखरेलले कसैप्रति लक्षित र काउन्टरमा जनसभा गर्न नलागेको जिकिर गरे ।

उनले निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयलाई सम्मान र सकारात्मक लिएको प्रतिक्रिया दिए । उनले भने, ‘ओलीले नेतृत्वको नेकपाले राखेको अडान सही छ भन्ने प्रमाणित भयो । नेकपालाई चाहेर पनि कसैले फुटाउन सक्दैन भन्ने पुष्टि भएको छ ।’ पोखरेलले अगाडि थपे, ‘प्रचण्ड र माधव नेपालहरुले जे–जे गर्न खोज्नुभएको थियो त्यो गलत थियो भन्ने प्रष्ट भयो ।’

पोखरेलले आयोगको निर्णयलाई सकारात्मक रुपमा लिएको बताए । पोखरेलले भने, ‘निर्वाचन आयोगबाट केपी ओलीले राख्दै आएको अडानलाई बल पुग्ने निर्णय भएको छ। ओलीलाई साधारण सदस्यबाट हटाउने पाखण्डी निर्णयलाई निर्वाचन आयोगको जवाफ हो।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay