scheduleशनिवारफाल्गुन २२ गते, २०७७

दाङ पुगेर ओलीले भने- चौतारीमा बसेर अध्यक्ष भएँ भनेका थिए, निर्वाचन आयोगले खत्तम पार्दिएछ

फाइल फोटो

काठमाडाैं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले चौतारीमा बसेर पार्टी अध्यक्ष बने पनि निर्वाचन आयोगले खत्तम पार्दिएको टिप्पणी गरेका छन्। दाङमा पुल उद्घाटनका लागि पुगेका प्रधानमन्त्री ओलीले माधव कुमार नेपाललाई लक्षित गर्दे यस्तो टिप्पणी गरेका हुन् ।

आयोगले आइतबार नेकपाका दुबै समूहलाई आधिकारिकता नदिएपछि उनले यस्तो प्रतिक्रया दिएका हुन् । ‘केही मानिसहरू बैठक छाडेर चौतारीमा बसेर अध्यक्ष भएँ भनेर घोषणा गर्दै हिँड्छन्। उनले भने, त्यो पनि हिजो निर्वाचन आयोगले खत्तम पार्दिएछ ।’ जनतालाई साथमा लिएर देश विकास गर्ने बताएका उनले नेपालमा विकासको लहर चलेको बताएका छन्। विकासको लहरलाई कोभिड-१९ ले पनि रोक्न नसकेको उनको तर्क थियो ।

‘देशमा विकासको लहर चलेको छ। कोभिड-१९ ले पनि हामीलाई विकास निर्माणका काममा लगातार अगाडि बढ्नबाट रोक्न सकेन। केही-केही प्रतिकुलताहरु थप्यो। तर पनि हामीले ती प्रतिकुलताहरुलाई चिरेर फेरि अनुकुलतामा बदल्दै अगाडि बढ्यौं’, उनले भने।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay