नेता पोखरेलले पार्टी एकताका लागी अघि सारे दुई शर्त

काठमाडाैं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एकता हुनसक्ने बताएका छन् । २३ गते काठमाडौंमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले २८ कात्तिकमा दर्ता भएको आरोप पत्र फिर्ता लिन र चुनावमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताए ।
अहिले पनि जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्याउन खोजियो, एकतालाइ कायम राख्ने हो भने यि दुइ कुरा गर्न सकिन्छ पोखरेलले भने ।
यसैबीच, नेकपाको ओली समूहले माघ २३ गते जनसभा गर्ने भएको छ । त्यसको तयारीका लागि १ हजार १ सय ११ सदस्यीय समिति बनाएको पनि नेता पोखरेलले जानकारी दिए ।