गजल
युवराज भण्डारी
छिटै गाउँ फर्किने रहर कता हरायो
घर पहिरोले बगाएपछि पता हरायो।
गरिबलाई भोक धनीलाई सबथोक
लाग्छ यो मुलुकमा समानता हरायो।
उचनिच नानाभाँती विभेद रहेछ अझै
सोचेथें अब त देशमा दासता हरायो।
कहिले भुईंचालो कहिले नेताको पालो
सर्वत्र अन्योल छायो स्थिरता हरायो।
उहाँहरु मिल्न सिवाय सबै जान्नुहुन्छ
दोहोरीमा पोख्त नेतृत्व क्षमता हरायो।