scheduleबिहिवारफाल्गुन २० गते, २०७७

मदनपुर-पिपरिया कालोपत्र सडकको शिलान्यास

एसपी यादव/सर्लाही, १२ माघ । सर्लाहीको कबिलासी नगरपालिकाले विकासका कामलाई तीव्रता दिएको छ ।

मदनपुरको वाल्मिकि आश्रमदेखी गर्गटनाथ-गढिमाई-सर्लहिया हुँदै पिपरिया बजारसम्मको कालोपत्र सडक निर्माण कार्यको कबिलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले शिलान्यास गरेका हुन् ।

साढे ५ किलोमिटर लामो कालोपत्र सडक निर्माण कार्यको सोमबार शिलान्यास गर्दै मेयर यादवले भने, ‘जनताको आधारभूत आवश्यकता अन्तर्गत सडक देश विकासको मेरुदण्ड हो, जनताका चाहना र आवश्यकतालाई पूरा गर्न कबिलासी नगरपालिका गम्भीर छ ।’

मदनपुर–पिपरिया कालोपत्र सडकको निर्माणले स्थानीय जनताहरुको जीवनस्तर उकास्न मदत पुग्ने विश्वास मेयर यादवले व्यक्त गरे । कालोपत्र सडक निर्माण भएपछि यहाँका किसानहरुले उत्पादन गरेको कृषि उपजको बजारसम्म सहज पहुँच हुनुका साथै उत्पादनमा समेत वृद्धि हुने मेयर यfदवले जनाए ।

राष्ट्रिय योजना आयोग र कबिलासी नगरपालिकाको ५०/५० प्रतिशतको लगानीमा डेढ वर्षको अवधिभित्र सडक निर्माणको काम सक्ने गरी हिम्डङ्ग एण्ड थोकर आश्रय निर्माण सेवा जेभिले ६ करोड २० लाख ७२ हजार ६ सय ३४ रुपैयाँ उनान्नब्बे पैसामा ठेक्का लिएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay