scheduleबुधवार बैशाख २९ गते, २०७८

सन्तानको भविष्य खोज्दै वरिष्ट कूटनीतिज्ञ उत्तर कोरियाबाट भागेपछि …

सोल, १३ माघ । उत्तर कोरियाबाट एक वरिष्ठ कूटनीतिज्ञ भागेर दक्षिण कोरिया पुगेका छन् । दक्षिण कोरियाका सञ्चार माध्यमका अनुसार भागेर शरण लिन आएका उनी कुवेतका लागि उत्तर कोरियाली कार्यवाहक राजदूत र्‍यु ह्युन-वू हुन् ।

उनी २०१९ को सेप्टेम्बरमा परिवारसहित भागेर दक्षिण कोरिया पुगेको मेइल दैनिकले जनाएको छ । उनले सन्तानको भविष्य उज्वल बनाउन चाहेका कारण देश छाडेको बताएका छन् ।

यद्यपि दक्षिण कोरियाले भने र्‍यु आफ्नो देशमा आएको पुष्टि गर्न अस्वीकार गर्दै आएको छ । स्थानीय सञ्चार माध्यमले निरन्तर खबर लेख्दै आए पनि सरकारी अधिकारीहरुले उनले शरण मागेको कुरा गोप्य राख्दै आएका छन् ।

उनी सन् २०१७ देखि कुवेतका लागि उत्तर कोरियाको कार्यवाहक राजदूत थिए । उनका ससुराले यसअघि उत्तर कोरियाको गोप्य कोषको नेतृत्व गरेको सञ्चार माध्यमले खबर लेखेका छन् । उत्तर कोरियाबाट हरेक वर्ष एक हजारभन्दा बढी मानिस भागेर दक्षिण कोरिया पुग्छन् । तर उच्च पदस्थहरुको संख्या भने अत्यन्तै नगन्य हुने गरेको छ । उत्तर कोरिया छाड्नु र भागेर अन्य देश पुग्नु जोखिमपूर्ण काम हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय