scheduleआइतवारफाल्गुन २३ गते, २०७७

साढे दश लाखको चिनियाँ रक्सी स्वाहा

हुम्ला, १३ माघ । हिमाली जिल्ला हुम्लामा नेपाल प्रहरीले झन्डै साढे दश लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिकामा रहेको खार्पु प्रहरी चौकीले गाउँमा भित्र्याउँदै गरेको बेला एक सय दश कार्टुन मदिरा बरामद गरेको हो ।

व्यापारिक परियोजनका लागि गाउँ ल्याइएको ठूलो परिमणको अवैध चिनायाँ मदिरा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख सुवेदीले एक बोतल चिनियाँ मदिरा हुम्लामा ८ सय रुपैयाँमा बिक्रि हुने गरेको र बरामद गरिएको एक हजार तीन सय बोतलको मूल्य दश लाख चालीस हजार पर्न आउने भएकाले बरामद गरिएको मदिरा नष्ट गरिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay