scheduleशनिवारफाल्गुन २२ गते, २०७७

४०० ले उकालो लाग्यो सुनको मूल्य

काठमाडाैं, १३ माघ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा ४०० ले वृद्धि भई ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तोलामा ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा पाँचले घटेको छ । तोलामा एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार २५५ मूल्य निर्धारण भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay