scheduleसोमवारफाल्गुन २४ गते, २०७७

कांग्रेस चुनाव हुन्छ र जित्छु भनेर विश्वासमा नपरे हुन्छः भट्टराई

ताप्लेजुङ, १३ माघ । नेकपा दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले संसद पुनःस्थापनाका लागि हातेमालो गर्न सबैसँग आग्रह गरेका छन् । दुई वर्षपछि निर्वाचन गरेर जनमतको सम्मान गर्न पनि उनले आग्रह गरे ।

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा मंगलबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘संसद् पुनःस्थापनाका लागि हातेमालो गर्न र दुई वर्ष पछि निर्वाचन गरेर जनमतको सम्मान गरौं ।’

नेता भट्टराईले यसअघिका आन्दोलनहरुमा पनि सहकार्य गरेको स्मरण गराए । ‘नेकपा विभाजित भयो, हामी जित्छौं भन्ने लाग्छ भने बुझ्नु होला, तपाईं कहाँ चुनाव हुन्छ र जित्नु हुन्छ,’ उनले भने ।

भट्टराईले अगाडि भने, ‘प्रतिगमन फर्काऔं, दुईवर्षपछि चुनाव गरौंला जसले भएपनि जितौंला, अहिले सँगसँगै अगाडी बढौं ।’ फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुनेमा नेता भट्टराईले विश्वास व्यक्त गरे ।

उनले भने, ‘२०७६ साउन १५ गते मन्त्री नियुक्त भएँ । पुस ५ गतेसम्म सरकारमा बसें । त्यो दिनसम्म मैले प्रधानमन्त्रीको विरोध गरिनँ । असहयोग गरिनँ । सरकारमा बसुञ्जेल मैले प्रधानमन्त्रीको पक्षमा बोले । त्यो पार्टीको नियम थियो, पुस ५ गते नेपाली जनतालाई धोका दिनुभयो । त्यसपछि सँगै बस्न सकिएन । मन्त्रिपरिषद्को बैठकमा यस्तो कदम नचालौं भन्दा ओलीले नमानेपछि सरकारबाट बाहिरियौं ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay