scheduleसोमवारफाल्गुन २४ गते, २०७७

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा

काठमाडौं, १३ माघ । पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । आजै प्रधानमन्त्री केपी शर्माविरुद्ध पनि अदालतको अवहेलनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

ढुंगानाविरुद्ध राजाराम घिमिरेसहित ४ जनाले दिएको अवहेलना मुद्दा सर्वोच्च प्रशासनले मंगलबार दर्ता गरेको हो । पूर्वसभामुख ढुंगानाले केही दिनअघि न्यायाधीशविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लागेको छ ।

संसद विघटनविरुद्ध आयोजित विभिन्न कार्यक्रमहरुमा ढुंगानाले अदालतले शत प्रतिशत संसद ब्युँताउनुपर्ने तर्क गरेका थिए । उनले सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ भनी गरेको टिप्पणी पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay