scheduleशनिवारफाल्गुन १५ गते, २०७७

नेविसंघद्वारा कांग्रेस मुख्यालयमा धर्ना

काठमाडाैं, १३ माघ । लामो समयदेखि महाधिवेशन गराउन नसकेको भन्दै नेपाल विद्यार्थी संघको एक समूहले कांग्रेस मुख्यालयमा धर्ना दिएका छन् । राजीव ढुंगानालाई नेविसंघको नेतृत्व जिम्मा लगाएपछि संगठन झनै अस्तव्यस्त भएको बताउँदै उनीहरुले केन्द्रीय समिति बैठकका लागि पुगेका नेताहरुलाई घेराबन्दी समेत गरेका छन् ।

नेविसंघका नवराज त्रिपाठी, मनीष सिम्खडासहितका नेविसंघ आवद्ध बिद्यार्थीले छिटो भन्दा छिटो महाधिवेशन गराउनुपर्ने भन्दै नाराबाजी गरेका थिए । नेविसंघमा विधि विधान लागु हुनुपर्ने र महाधिवेशन गर्नुपर्ने उनीहरुको माग छ ।

पार्टीको विधान नचिन्नेले संविधान नचिन्ने, देश नचिन्नेले पार्टी चिन्दैन भन्दै धर्ना र प्रदर्शनमा सहभागीहरुले नारा लगाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay