scheduleबिहिवारफाल्गुन २० गते, २०७७

नेता पोखरेलको चुनाैती- प्रधानमन्त्री हुन रहर भए चुनावमा सहभागी हुनुस्

काठमाडाैं, १३ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री ओली समूहका नेता शंकर पोखरेलले प्रधानमन्त्री हुन रहर गर्नेलाई चुनावमा सहभागी हुन चुनौती दिएका छन् । राष्ट्रिय युवा संघ नेपालले मंगलबार बुटवलमा आयोजना गरेको कार्यकता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले पदका लागि नै विवाद देखिएको भन्दै प्रधानमन्त्री हुन रहर भए चूनाव लड्न चूनौती दिएका हुन् ।

उनले प्रधानमन्त्री ओली पार्टीले टिका लगाएर प्रधानमन्त्री बनेको नभई जनताबाट अनुमोदित भएर प्रधानमन्त्री बनेको समेत बताए । अधिवेशन हारेका माधव नेपाल पार्टी फोडेर अध्यक्ष बनेको र बिघटीत संसदीय दलको बैठक बोलाएर प्रचण्ड दलका नेता बन्नु लज्जास्पद भएको उनले बताए । पोखरेलले जनताका पक्षमा निर्णय नगर्ने, दलको निर्णय नमान्ने सांसदको कुनै ओचित्य नभएको बताए ।

कार्यक्रममा नेकपा महेश बस्नेतले युवा संघ देशलाई अप्ठ्यारो परेका अवस्थामा खडा हुने भन्दै देशको राष्ट्रियता,सामाजिक संद्भाव आक्रमण हुदाँ युवा संघ चुप लागेर बस्न नसक्ने बताए । उनले मुलुक अप्ठ्यारोमा पर्दा राष्ट्रवादीहरु एक हुनुपर्ने धारणा राखे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay