scheduleआइतवारफाल्गुन २३ गते, २०७७

इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजीनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत

रोम, १३ माघ । इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन् ।

सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री कोन्टेले राजीनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ ।’

राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजीनामाका लागि गरेको आग्रहलाई राष्ट्रपतिले स्वीकृत गरेको उल्लेख गरिएको छ ।

‘गणतन्त्र इटलीका राष्ट्रपतिसँग रहेको अधिकार प्रयोग गर्दै प्रधानमन्त्रीले पदबाट दिएको राजीनामा स्वीकृत गर्नुभएको छ’, राष्ट्रपतिको कार्यालयद्वारा मङ्गलबार नै जारी विज्ञप्तिमा भनिएको छ ।

यससँगै मातारेलाले छिट्टै नयाँ सरकार गठनका लागि इटलीका राजनीतिक दललाई आग्रह गरेका छन् । वर्तमान् सरकारलाई सन् २०२३ को मार्चसम्म काम गर्ने जिम्मेवारीसहित सन् २०१८ मा पाँच वर्षका लागि कोन्टे इटलीको प्रधानमन्त्री बनेका थिए । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay