scheduleशनिवारफाल्गुन १५ गते, २०७७

सूर्य चिन्हबाट चुनाव लड्न नेकपाको प्रथम अध्यक्ष ओलीकै हस्ताक्षर चाहिन्छः उपप्रधानमन्त्री पोखरेल

सप्तरी, १३ माघ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारदेखि लगाउन शुरु गरिने बताएका छन् ।

राजविराज रङ्गशालामा मंगलबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने भ्याक्सिन देशका सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताए ।

नेकपाका सचिवालय सदस्य रहेका पोखरेलले ‘एक प्रदेश–एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने सरकारको नीतिअन्तर्गत प्रदेश–२ को राजविराजमा बन्ने ‘रामराजा प्रसादसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को शिलान्यास गर्न चाँडै प्रधानमन्त्री ओली आउने बताए । पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालकै कारण पार्टीमा अहिलेको अवस्था आएको उनले टिप्पणी गरे ।

उपप्रधानमन्त्री पोखरेलले भने, ‘महाधिवेशन नहुञ्जेल दुई अध्यक्षको व्यवस्था र पाँच वर्षसम्म अध्यक्ष ओलीको नेतृत्वमा स्थिर सरकार रहने सहमति उहाँहरुले बीचमै तोडेर हटाउने षड्यन्त्र गरेका कारण पार्टी विभाजनको अवस्था आएको हो ।’ निर्वाचन आयोगले नेकपा फुटको विरुद्धमा निर्णय गरेको व्याख्या गर्दै उपप्रधानमन्त्री पोखरेलले नेकपाबाट उम्मेदवार हुन र सूर्य चिन्हबाट चुनाव लड्न नेकपाको प्रथम अध्यक्ष ओलीकै हस्ताक्षर चाहिने बताए ।

कार्यक्रममा शहरी विकास मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रभु साहले माओवादीको नाम, पहिचान, चुनाव चिन्ह, जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको एजेण्डा प्रचण्डले त्यागेको बताए । अध्यक्ष र प्रधानमन्त्री पदका लागि एक–एक गरेर सहयोद्धाहरु बिर्सदै जाने, घाइते जनमुक्ति सेनाको रकम भ्रष्टाचार गर्ने असली माओवादी हुन नसक्ने भन्दै साहले जनमुक्ति सेना र माओवादीको एजेण्डा वर्तमान सरकारले पूरा गर्ने विश्वास दिलाए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay