scheduleबिहिवारफाल्गुन २० गते, २०७७

देश अग्रगमन र पश्चगमनको दोसाँधमा छ, कुन बाटो जाने सबैले सोचौं : डा भट्टराई

काठमाडाैं, १४ माघ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले देश अग्रगमन र पश्चगमनको दोसाँधमा रहेको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले यस्तो बेला कुन बाटो जाने भन्ने सबैले सोच्नुपर्ने बताएका हुन् ।

बुधबार एक ट्वीट सन्देशमार्फत डा भट्टराईले अग्रगमनतर्फ जाँदा सुखद भविष्य भए पनि प्रतिगमनतर्फ जाँदा अन्त्यहीन द्वन्द्व हुने आँकलन गरेका छन् । उनले ट्विटमा लेखेका छन् ‘देश अग्रगमन र पश्चगमनको भयंकर दोसाॅधमा छ;कुन बाटो जाने सबैले छातीमा हात राखेर सोचौं:-१.अग्रगमन: संसद पुनर्स्थापना+सहमतीय सरकार+सहमतिमा संविधान संशोधन+निर्वाचन+सुशासन+समृद्धि।२.पश्चगमन: संसद विघटन+No Election+संकटकाल+संविधान खारेज+आन्दोलन/विद्रोह+बाह्य हस्तक्षेप+अन्त्यहीन द्वन्द!’

‘देश अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा छ। कुन बाटो जाने सबैले छातिमा हात राखेर सोचौं,’, ‘अग्रगमनको बाटो भनेको संसद पुनर्स्थापना हो।’ उनले प्रतिनिधि सभा पुनर्स्थापना भएमा सहमतिय सरकार गठन तथा सहमतिमै संविधान संशोधन, निर्वाचन, सुशासन र समृद्धिको बाटो भनेका छन्।

संसद विघटन, चुनाव पनि नहुने, संकटकाल लाग्न सक्ने, संविधानकै खारेजी हुन सक्ने तथा आन्दोलन र विदेशी हस्तक्षेप हुने उनको आँकलन छ।

देश अग्रगमन र पश्चगमनको भयंकर दोसाॅधमा छ;कुन बाटो जाने सबैले छातीमा हात राखेर सोचौं:-१.अग्रगमन: संसद पुनर्स्थापना+सहमतीय सरकार+सहमतिमा संविधान संशोधन+निर्वाचन+सुशासन+समृद्धि।२.पश्चगमन: संसद विघटन+No Election+संकटकाल+संविधान खारेज+आन्दोलन/विद्रोह+बाह्य हस्तक्षेप+अन्त्यहीन द्वन्द!

— Baburam Bhattarai (@brb1954) January 27, 2021

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay