scheduleशनिवारफाल्गुन २२ गते, २०७७

देशभर एकैपटक धेरै संख्यामा सरकारी जागिर खुल्यो, अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडाैं, १४ माघ । देशभर एकैपटक ४७ हजार व्यक्तिलाई सरकारी रोजगारीको अवसर खुलेको छ । राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र ८ हजार सुपरीवेक्षकलाई करारमा नियुक्त गर्न विज्ञापन आह्वान गरेको हो ।

विभागले बुधवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै माघ ११ गतेदेखि चैत ११ गतेसम्म अनलाइनबाट दरखास्त फाराम भर्न सकिने जनाएको छ । चैत १ गतेपछि प्रदेश तथा जिल्लामा जनगणना कार्यालय खोलिने भएकाले चैत ५ गतेदेखि चैत ११ गतेसम्म ७ दिन दरखास्त फाराम कार्यालयमा समेत बुझाउन सकिने छ ।

सुपरीवेक्षक र गणक दुवै पदमा दरखास्त दिनेहरूले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने तर कुनै एक पदका लागि मात्रै भर्ना गरिने विभागले जनाएको छ । गणक पदका लागि प्रविणत प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भए पनि पुग्ने जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay