घट्यो सुनचाँदीको मूल्य, तोलामा कति ?
काठमाडौं, १४ माघ । बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैँया पुगेको छ। मंगलबार सुन प्रतितोला ९२ हजार ८ सय रुपैँयामा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ५५ रुपैंयामा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन आज प्रतिऔंस १८ सय ४६ अमेरिकी डलरमा कारोबार भएको छ ।