वामदेवको एकता अभियान घोषणा, हेर्नुहोस् लाइभ
काठमाडाैं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवम् पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमको एकता अभियान घोषणा कार्यक्रम सुरु भएको छ। काठमाडाैंमा बुधबार सुरु भएको उक्त अभियानलाई संयोजक गौतमले अहिले सम्बोधन गरिरहेका छन्।
एकता अभियान घोषणा कार्यक्रमा केन्द्रीय सदस्य हरि पराजुली, विघटित संसदकी सांसद तुलसा थापा, बागमती प्रदेश सांसद विनोद खड्का, कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल, त्रिविका पूर्वउपकुलपति हिराबहादुर महर्जन लगायतको उपस्थित रहेको छ ।
हेर्नुहोस् लाइभ