scheduleशनिवारफाल्गुन २२ गते, २०७७

प्रचण्ड–माधव पक्षको माइतिघरमा धर्ना सुरु

काठमाडाैं, १४ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले बुधबारदेखि काठमाडौंको माइतिघरमा धर्ना सुरु गरेको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार नेकपा प्रचण्ड–नेपाल समूह माइतीघरमा धर्नामा बसेका हुन् । असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुव एकसातासम्म धर्नामा बस्ने नेकपा सो पक्षका नेतृ पम्फा भूषालले बताईन् ।

धर्ना कार्यक्रममा संविधान सभा सदस्य, संघीय सांसद र प्रदेश सभा सदस्यहरु सहभागी छन् । संविधानले प्रतिनिधिसभा विघटनको कल्पना नै नगरेको जिकीर गर्दै आएको नेकपाले संसद जीवित छ भन्ने सन्देश दिने उद्देश्यले धर्नाको आयोजना गरेको भूषालले बताईन् ।

उनले सर्वोच्चले संविधान अनुसार न्यायोचित निर्णय गर्ने र प्रतिनिधिसभा पुनस्र्थापना हुने विश्वास व्यक्त गरिन् । त्यस्तै उनले निर्वाचन आयोगले आफ्नो कानून र विवेक प्रयोग गर्न नसकेको बताईन् ।

प्रधानमन्त्रीको कदमबिरुद्ध आन्दोलन गर्दै आएको नेकपा प्रचण्ड–नेपाल पक्षले माघ २८ मा काठमाडौंमा अहिलेसम्मकै बृहत् विरोध सभा गर्ने गरि थप कार्यक्रम सार्वजनिक गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay