scheduleशनिवारफाल्गुन १५ गते, २०७७

संसद विघटनसम्बन्धी मुद्दा : प्रधानन्यायाधीशले तोके १५ मिनेटको समय

फाइल फोटो

काठमाडाैं, १४ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुनविद्हरुलाई बहसका क्रममा समय छोट्याउन आग्रह गरेका छन् । सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी मुद्दामा परेको रिटमा सुनुवाइ गर्ने क्रममा प्रधानन्यायाधीशले यस्तो आग्रह गरेका हुन् ।

बुधबारको इजलासको अन्तिममा जबराले भने – ‘अब अहिले १०–१५ मिनेटभन्दा समय नदिइदिनुहोला । हामी दिन पनि सक्दैनौं । यहाँहरुले हठ नगर्नुहोला । ‘

नेकपा संसदीय दलका नेता देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि बहस भइरहेको छ । उक्त रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन् । यसअघि यो रिटमा बहस गर्नेले २ घण्टासम्म समय पनि लिएका थिए ।

संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि विषयकेन्द्रित बहस भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay