scheduleशनिवारफाल्गुन १५ गते, २०७७

२८३ जना संक्रमित थपिए, थप ३ जनाको मृत्यु

काठमाडौं, १४ माघ । नेपालमा बुधबार थप २८३ जनामा कोरोना पुष्टि भएको छ ।

देशभर गरिएको ४३८२ वटा परिक्षणका क्रममा थप २८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ९, ललितपुरमा १३ र काठमाडौंमा १२२ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म २ हजार २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा थप २४६ संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ६५ हजार ६९ संक्रमित निको भएका छन् ।

नेपालमा हाल ३ हजार २८६ जना आइशोलेशनमा छन् भने १२२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ५७ हजार ६९ वटा पिरिआर गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay