scheduleबिहिवारफाल्गुन २० गते, २०७७

एपीएफ फाइनलमा

काठमाडौं, १४ माघ । एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बुधबार भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो । अब उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।

बिहीबार हुने दोस्रो सेमिफाइनलमा बागमती र आर्मी भिड्ने छन् । एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

एपीएफ प्रतियोगीतामा अपराजित रहदै फाइनलमा पुगेको हो । समूह ’ए’ मा रहेको एपीएफले ४ खेलमा ४ जितसहित समूह विजेता बनेर सेमिफाइनल खेलेको हो ।

प्रतियोगिताको विजेताले १० लाख पाउने छन् । यस्तै उपबिजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay