scheduleशनिवारफाल्गुन १५ गते, २०७७

सरकारले जनताको सुखदुःखमा साझेदारी गर्दै अघि बढिरहेको छः अर्थमन्त्री पौडेल

काठमाडौं, १४ माघ । नेकपाका नेता एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वैशाखमा हुने निर्वाचनका लागि सबैलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

बुटवल उपमहानगर पालिका ११ स्थित देवी नगर र बुद्धनगर जोड्ने (तिनाउ नदी पुल) को उद्घाटन गर्दै मन्त्री पौडेलले सरकार जनताको सुखदुःखमा साझेदारी गर्दै अघि बढेको बताउँदै निर्वाचनका लागि तयारी रहन आग्रह गरेका हुन् ।

अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे ।

मन्त्री पौडलले नेपाल र नेपालीको प्रमुख समस्याको रुपमा रहेको सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या अब चाँडै स्याथीरुपमा नै समाधान गर्ने बताए ।

११ करोड ९३ लाख ८४ हजार ७३० कुल लागतमा निर्माण सम्पन्न भएको पुलको निर्माण कार्य विसं २०७२ असार ३० गते शुरु भई २०७६ माघ ५ गते सम्पन्न भएको हो । पुलको लम्बाइ ११० मिटर र चौडाइ ११ मिटर रहेको छ । पुल सम्पन्न भएसगैँ बुद्धनगर, रानीगञ्ज, मोतीपुर र सेमला लगायतका क्षेत्रका नागरिकहरुलाई बुटवल आवत जावतमा सहजता भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay