scheduleबिहिवारफाल्गुन २० गते, २०७७

ओलीको अपिल- बेहाल भएर बस्नुभन्दा मूलधारमा फर्कनुस्

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे पक्षलाई आग्रह गरेका छन् ।

नेकपा निकट आदिवासी जनजाति महासङ्घ नेपालको राष्ट्रिय भेलालाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेहाल भएर बस्नुभन्दा पार्टीको मूलधारमा फर्कन प्रचण्ड–नेपाल पक्षलाई आग्रह गरेका छन् ।

उनले तोकिएको समयमा निर्वाचन गराएर मुलुकलाई स्थिरतातर्फ अगाडि बढाउन सरकार र पार्टी सक्रिय रहेकाले केही पनि नेता–कार्यकर्ताले बाटो बिराउनु नपर्ने उल्लेख गरे । अध्यक्ष ओलीले पार्टीको हालको विवाद ‘नक्कली’ भएको र आधिकारिक पार्टीको नेतृत्व आफूले गरिरहेको उल्लेख गरे ।

आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’ उनले जनाए । उनले ‘दसा’ लागेका केही पार्टी छाडेर गए पनि कम्युनिष्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै गत्यावरोध नहुने स्पष्ट गरे ।

नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले ताजा जनादेशका लागि निर्वाचन तोकिएकाले निर्वाचनबाट आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याई स्थिरता दिने बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले पूर्व सांसद जितवीर लामा र राजनीतिकर्मी कमानसिंह लामालाई नेकपामा प्रवेश गराएका थिए । भेलाले सो महासङ्घलाई पुनःगठन गर्ने जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay