scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

सेफिल्डसँग म्यानचेष्टर युनाइटेड पराजित

काठमाडाैं, १५ माघ । इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा रहेको म्यानचेष्टर युनाइटेड विसौं स्थानमा रहेको सेफिल्डसँग पराजित बनेको छ । बुधबार राती भएको खेलमा म्यानचेष्टर शेफिल्ड युनाईटेडसँग २-१ गोलले पराजित भएको हो ।

पहिलो हाफदेखि नै एक गोलको अग्रता लिएको सेफिल्डले दोस्रो हाफमा अर्को एक गोल थप्दै म्यानचेष्टर युनाइटेडलाई हराएको हो । शेफिल्डलाई जित दिलाउन ब्रएन र बुर्केले गोल गरे ।

आजै बिहान सम्पन्न अर्को खेलमा तेस्रो स्थानमा रहेको लेस्टर सिटी एभरटनसँग बराबरीमा रोकिएको छ । त्यसैगरी ब्राइटनले पनि आफ्नो घरेलु मैदानमा फुलह्यामसँग गोलरहित बराबरी खेलेको छ । ४१ अंकसहित म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ भने ४० अंकसहित म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा रहेका छन् ।

 

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay