scheduleशनिवारफाल्गुन २२ गते, २०७७

कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा पुग्यो बार्सिलोना, मेस्सीद्वारा उत्कृष्ट प्रदर्शन

एजेन्सी, १५ माघ । लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै अन्तिम ८ मा स्थानमा पुग्न सफल भएको हो ।

घरेलु टोली भालेकानोविरूद्ध बार्सिलोनाले पुनरागमन जित निकालेको हो । खेलको ६३औँ मिनेटमा गार्सिया टोरेसले गोल गर्दै भालेकानोलाई सुरुवाति अग्रता दिलाए ।

प्रतिबन्ध सकिएपछिको पहिलो खेलमा मेस्सीले ६९औँ मिनेटमा एन्टोनी ग्रिजम्यानको सहयोगमा बार्सिलोनाका लागि बराबरी गोल गरे ।

जोर्डी अल्बाको सहयोगमा ८०औँ मिनेटमा फ्रेन्की डी जोङ्गले गोल गरेपछि बार्सिलोनाले खेल २-१ ले जित्यो ।

मेस्सीले क्लब खेल जीवनको इतिहासमा पहिलो रातो कार्डका कारण दुई खेलको प्रतिबन्ध भोगेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay