scheduleबिहिवारफाल्गुन २० गते, २०७७

ट्यांकरसँग बस ठोक्किँदा आगलागी, ५३ जनाको मृत्यु

एजेन्सी, १५ माघ । क्यामरुनमा बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार बुधबार पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किँदा बसमा समेत आगलागी भएको हो ।

स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको र उनीहरूको पहिचान गर्न नसकिएको बताए । स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे दुर्घटना भएको हो ।

देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । सरकारी अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले गाडी नियन्त्रण गर्न नसक्दा बससँग ठोक्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay