scheduleशुक्रवारफाल्गुन २१ गते, २०७७

लोकतन्त्रमाथि ओलीको घातक खड्गप्रहारविरुद्ध नयाँ पुस्ता जाग्नुपर्छः डा. भट्टराई

काठमाडौं, १५ माघ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको लडाई कहिल्यै नसकिने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले समाजमा अन्याय र असत्य रहेसम्म संघर्ष, लडाईं र क्रान्ति नसकिने बताएका हुन् ।

विहीबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘समाजमा अन्याय/असत्य रहेसम्म संघर्ष/लडाईं/क्रान्ति अन्तिम हुन्न है ! बहुतले भवनजस्तै समाज/राज्य/सभ्यताको भर्‍याङ्ग/लिफ्ट प्रत्येक पुस्ताले निर्माण गर्दै, उक्लदैं जाने हो ।’

उनले अगाडि भनेका छन्, ‘नेपालमा वि.सं. २००७देखि लोकतन्त्रको भर्‍याङ्ग बन्दै भत्कँदै गरेको छ; ऐले ओलीले घातक खड्गप्रहार गरेकाछन् । नयाँ पुस्ता जागोस् ।’

भट्टराईले ओली प्रतिगमनको गम्भीरता बुझ्न राजनीतिक दल/नेतालाई हम्मेपर्नु विडम्बनापूर्ण भएको टिप्पणी गर्दै भनेका छन्, ‘दल भनेकै समाजका अगुवा चेतनाका संगठित अभिव्यक्ति हुन्/हुनुपर्छ। तर हामीकहाँ दल सत्तादोहनका भर्‍याङ्ग मात्र बन्दैछन् ।’

उनले नेपालमा लोकतन्त्रको लडाईमा सार्वजनिक बौद्धिकहरूको सक्रियता प्रशंसनीय रहेको बताएका छन् । नेपाल अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा रहेको उनको टिप्पणी छ ।

भट्टराईको बुझाईमा अग्रगनमा लागि संसद पुनःस्थापनामार्फत् सहमतीय सरकारसँगै सहमतिमा संविधान संशोधन गर्नुपर्ने र निर्वाचन प्रणालीमा परिवर्तन गरेर सुशासनमार्फत् समृद्धिको बाटो तय गर्नु हो ।

यसो नहुँदा संसद विघटन, चुनाव नहुने, संकटकाल लागू गर्दै संविधान खारेज गरेपछि देशमा आन्दोलन र विद्रोह भएपछि बाह्य हस्तक्षेप भएर अन्तहिन द्वन्द्वमा जानसक्ने बताएका छन् । उनले यसलाई प्रतिगमनको बाटो भनेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay