घनश्यामले खोजे अर्को ओली नजन्मिने ग्यारेन्टी
बुटवल, १५ माघ । नेकपाको प्रचण्ड–नेपाल समूहका नेता घनश्याम भुसालले अहिले ओली प्रवृत्तिलाई हराए पनि अर्को ओली जन्मिँदैन भन्ने ग्यारेन्टी के हो ? भन्दै नेताहरुलाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘निरङ्कुशताको प्रेत’का रुपमा चित्रित गर्दै उनले अर्को ओली नजन्मने प्रतिवद्धता पार्टीले जनतासँग स्पष्ट पार्नुपर्ने बताए । ‘सडकमा हराइन्छ, अदालतमा हराइन्छ । तर फेरि अर्को ओली नजन्मिने ग्यारेन्टी के हो ? जनतालाई भन्नुपर्नेछ,’ उनले भने ।
बिहीबार बुटवलमा आयोजित विरोधसभामा बोल्दै उनले भने, ‘निरङ्कुशताको प्रेत’का रुपमा खडा भएका ओलीको पतन हुनेमा अब कुनै शंका छैन ।’ ओलीको पतन हुनेमा अब कुनै शंका नभएको उनले बताए ।
नेता भुसालले आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्री ओली, राणा र राजाहरुकै शैलीमा ओली अगाडि आएको बताए । उनले भने, ‘ओलीको बाटो संविधानको हत्या गर्ने, अस्थिरता, अशान्ति र बर्बादी हो ।’ त्यसविरुद्ध आफूहरु खडा भएको भएको उनले बताए ।
अहिले करोडौ जनताको सपना एकातिर र निरंकुश तानाशाह अर्कातिर भएका बेला त्यस्ता निरंकुश तानाशाहदलाई उनको सनकसहित टिपेर हुत्ताउनुपर्ने बेला आएको बताए । उनले भने, ‘हामीले चुनेको प्रधानमन्त्रीले समस्या खडा गर्दैछन् । राणा र राजाले होइन । ओलीको बाटो संविधानको हत्या, अस्थीर, जनता र मुलुकको सत्यानाश हो’, उनलाई कदापी सफल हुँन दिँदैनाैं ।’
प्रधानमन्त्री ओलीले आफ्ना कर्तुत लुकाउन झूटको खेती गरिरहेको भन्दै ‘प्रधानमन्त्री ओली राणा र राजाको प्रेतको रुपमा आएको बताए ।’ अहिले आमनागरिकले आफ्नो जीवनको मूल्य खोज्नुपर्ने बेला आएको भन्दै ‘लोकतन्त्रको मूल्य र मान्यतालाई लत्याउन खोज्ने ओलीको अब उल्टो दिनगन्ती सुरु भएको समेत उल्लेख गरे । ओलीलाई सबैतिरबाट हराएरै छाड्ने नेता भुसालको दावी छ ।