scheduleबुधवारबैशाख ८ गते, २०७८

वाईफाई तरङ्गबाट मोबाइल चार्ज गर्न मिल्ने प्रविधि सार्वजनिक

काठमाडौं, १६ माघ । अब वाईफाईजस्तै हावामा तैरिएको बिजुलीबाट मोबाइल चार्ज हुने भएको छ । साओमीले शुक्रबार आफ्नो नयाँ रिमोट एमआई एयर चार्ज प्रविधि प्रस्तुत गरेसँगै यो सम्भव हुने भएको हो ।

यो प्रविधिमा एकैपटक धेरैवटा डिभाइस चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसबाट फोन प्रयोग गर्दै चार्ज गर्न समेत सकिन्छ ।

वायरलेस एयर चार्ज प्रविधिमा एउटा ठूलो ट्रान्समिटर जस्तो उपकरण हुन्छ, जसलाई सबैको पहुँच हुने बैठक कोठामा राखेर एकसाथ धेरै फोन चार्ज गर्न सकिन्छ ।

ट्रान्समिटरले स्मार्टफोनलाई वायरलेस प्रविधिबाट पाँच वाट चार्ज प्रदान गरिरहेको हुन्छ । यस किसिमको चार्जर प्रविधिको क्यूआई स्ट्याण्डर्ड (ओपन इन्टरफेस स्ट्याण्डर्ड) सँग कुनै सम्बन्ध नरहेको कम्पनीले स्पष्ट पारेको छ ।

यो प्रविधिलाई सपोर्ट गर्ने स्मार्टफोनमा ब्युल्ट ईन ‘बिएकन एन्टेना’ सहित मिनिएचर एन्टेना एर्रे र रिसिभिङ एन्टेना एर्रे हुनुपर्दछ । कम्पनीले भनेको छ, ‘स्मार्टफोनमा १४ वटा एन्टेना हुन्छन्, जसले चार्जिङ पाइलबाट उत्सर्जन हुने मिलिमिटर वेभ सिग्नललाई परिवर्तन गरिदिन्छ । त्यस्तो सिग्नल रेक्टिफायर सर्किटको मद्दतबाट विद्युतीय ऊर्जामा परिवर्तन हुन्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay