scheduleबुधवारबैशाख ८ गते, २०७८

अब १६ वर्षमै सैनिक जवानको निवृत्तिभरण

काठमाडौं, १८ माघ । १६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । यसअघि सेनामा कार्यरत सबै सैनिकको निवृत्तिभरण अवधि २० वर्ष तोकिएको थियो।

सैनिक नियमावली २०६९ को नियम ८० को उपनियम (२) संशोधन गरी सेनामा जुनसुकै अवधिमा भर्ना भएको भए पनि फलोअर्स र सिपाही तहका सैनिकको निवृत्तिभरण अवधि १६ वर्ष हुने व्यवस्था गरिएको हो ।

पिउठ, अमल्दार र हुद्दाको निवृत्तिभरण अवधि भने १७ वर्ष हुनेछ । त्यस्तै, जमदारको १८ वर्ष, सुबेदार र प्रमुख सुबेदारको १९ वर्ष निवृत्तिभरण अवधि हुनेछ । सहायक सेनानी र सोभन्दा माथिल्लो पदमा कार्यरत सैनिक अधिकृतको हकमा निवृत्तिभरण अवधि २० वर्ष नै हुनेछ।

रक्षा मन्त्रालयका सचिव रश्मिराज पाण्डेले सैनिक संशोधित नियमावलीमा सेनाको निवृत्तिभरण अवधि परिवर्तन भएको बताए । ‘सैनिक सेवा नियमावली संशोधन हुने प्रक्रियामा छ । अर्थ मन्त्रालयले त्यसलाई स्वीकृति दिइसकेको छ । जसअनुसार सिपाही र फलोअर्सको निवृत्तिभरण अवधि १६ वर्ष कायम गरिएको छ,’ उनले भने, ‘यो प्रक्रियामै छ । कानुनी मान्यता पाउन समय लाग्छ । हामीले कानुन मन्त्रालयमा स्वीकृतिका लागि पठाएका थियौँ । त्यसपछि अर्थमा पुग्यो । त्यहाँबाट पनि स्वीकृति पाइएको छ।’

सेनामा करिब ९५ हजारको दरबन्दी रहे पनि ८७ हजार नौ सय ७२ जना सैनिक सेवामा कार्यरत छन् । जसमा ८० प्रतिशत जनशक्ति सिपाही दर्जाका छन्। नयाँ पत्रिका दैनिकमा टेकराज थामीले खबर लेखेका छन्।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay