scheduleआइतवारबैशाख ५ गते, २०७८

प्रक्रिया पैतालामुनिः पर्यटन बोर्डमा खुसुक्क आवेदन, सुटुक्क नियुक्ति !

काठमाडौं, २१ माघ । पर्यटन बोर्डको सञ्चालक समितिको रिक्त सदस्य पदका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक विज्ञापन गर्नुपर्ने हुन्छ ।

यसरी विज्ञापन गर्दा सयौं प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्न पाउँथे र पर्यटन बोर्डमा अब्बल नेतृत्व आउने सम्भावना हुन्थ्यो । यो प्रक्रिया कानूनी हिसाबले पनि आवश्यक छ । तर कामचलाउ सरकारका मन्त्री भानुभक्त ढकालले भने यी सबै प्रक्रियालाई पैतालामुनि कुल्चिएर अगाडि बढेको भेटिएको छ ।

मन्त्रालयले सार्वजनिक विज्ञापन नै नगरी मनोनयन थाल्न माघ ६ गते सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको भेटिएको हो । रिक्त तीन सदस्यका पदका लागि २२ जना व्यवसायी र विषय जानकारहरुले आवेदन दिएको र तीमध्ये उपसमितिले पाँच जनाको नाम मन्त्री ढकालसमक्ष पेश गरेको छ ।

उपसमितिले कुनै जाँच नलिई केवल बायोडाटा हेरेर ५ जनाको नाम मन्त्रीसमक्ष पेस गरिसकेको छ । स्रोतका अनुसार यी पाँचजनामा चन्द्र रिजाल, सीएन पाण्डे, हरिभक्त श्रेष्ठ, नवाङ निमा शेर्पा र कृष्णकुमार साह रहेका छन् । यीमध्ये तीनजनाको नाम ढकालले छनौट गर्नेछन् । पर्यटन क्षेत्रका विज्ञ र अगुवाहरुले बोर्डलाई मन्त्रीले कार्यकर्ता भर्तीकेन्द्र बनाएको भन्दै विरोध जनाइरहेका छन् ।

बोर्ड सदस्यका लागि मुगुका राजबहादुर कार्की, कैलालीका सञ्जय चौधरी, किशोर खड्का, संखुवासभाका टीकाराम गुरुङ, विराटनगरका तुलक्षी पोखरेल, पोखराका केदार शर्मा, सूर्यबहादुर भुजेल र पर्वतका लक्ष्मण गिरी र कृष्णप्रसाद भण्डारी रहेका छन् । त्यस्तै जीवनराज सापकोटा, तारानाथ लामिछाने, सूर्यबहादुर घिमिरे, युवराज श्रेष्ठ, कृष्णप्रसाद अधिकारी, रणबहादुर खड्का, संघर्ष विष्ट र तेजेन्द्र शर्माले पनि बोर्ड सदस्यका लागि आवेदन दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay