scheduleबिहिवारबैशाख ९ गते, २०७८

कस्तो रहला शुक्रबार दिनभरको मौसम ?

काठमाडौं, २३ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले सुदूर-पश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, वाग्मती र प्रदेश न १ का पहाडी भूभागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

उच्च पहाडी तथा हिमाली भु-भागका केही स्थानहरुमा हल्का हिमपात र सुदूर-पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा वदली भै हल्का देखि मध्यम बर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay