हराएकी वृद्ध महिलाको शव भेटियो
पाल्पा, २४ माघ । पाल्पाको तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको छ ।
गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव जंगलमा भेटिएको हो ।
माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको हो ।
चिदी पुस ४ गतेदेखि हराएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले बताए ।