scheduleसोमवारफाल्गुन २४ गते, २०७७

अब कम्प्युटरले नै गर्नेछ कोरोना संक्रमित बिरामीको मृत्युबारे भविष्यवाणी

कोपनहेगन, २४ माघ । कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना भएपछि कम्प्युटरले ८० प्रतिशत छिटो बिरामीलाई भेन्टिलेटर आवश्यकता पर्ने वा नपर्ने बताउने एक अनुसन्धानले देखाएको छ ।

बिरामीको गम्भीरताअनुसार कोरोना संक्रमितको मृत्युबारे पनि कम्प्युटरले नै भविष्यवाणी गर्न सक्ने डेनमार्कको कोपनहेन युनिभर्सिटीले हालै गरेको अनुसन्धानमा दावी गरिएको हो । शोधकर्ताहरुले दावी गरेअनुसार आर्टिफिसियल इन्टेलिजेन्सले बिरामीको रिपोर्टहरुको अध्ययनबाट मृत्युबारे ९० प्रतिशत छिटो जानकारी दिनसक्छ । यो अनुसन्धान प्रसिद्ध जर्नल नेचरमा पनि छापिएको छ ।

अनुसन्धानमा बताइएअनुसार यो प्रणालीको उपयोगका दुई पक्ष छन् । पहिलो- अस्पतालमा बिरामीको संख्या पत्ता लगाउन र दोस्रो- खोप लगाउन बिरामीको प्राथमकिता निर्धारण गर्न ।

शोधकर्ताका अनुसार यो अध्ययनमा खासगरी बिरामीको बडी मास इन्डेक्स, लिङ्ग र उच्च रक्तचाप महत्वपूर्ण हुन्छन् । यसबाट धेरै नै जानकारी प्राप्त गर्न सकिन्छ र यी जानकारीहरु भविष्यवाणीका लागि पर्याप्त हुन्छन् ।

अनुसन्धानमा अहिले कोपनहेन र जियाल्याण्ड क्षेत्रका बिरामीको तथ्यांकको आधारमा परिणाम निकालिएको छ । यसमा कोरोना संक्रमित बिरामी अस्पतालमा भर्ना भएपछि बिरामीको तथ्यांक संकलन गरेर कम्प्युटरले ८० प्रतिशत छिटो भेन्टिलेटर आवश्यक पर्ने कि नपर्ने विश्लेषण गर्न सक्दछ ।

रिसर्चमा संलग्न मेड्स निल्सनका अनुसार कम्प्युटरले कहिले पनि चिकित्सकको विश्लेषणलाई गलत ठहराउन सक्दैन । तर उसले अस्पताल र चिकित्सकलाई मद्दत भने गर्न सक्छ ।

यद्यपि, यस सोधसँग जोडिएका प्राविधिक कार्यहरु अझै बाँकी छन् । सबै राज्यबाट स्वास्थ्य सम्बन्धी तथ्यांकहरु संकलन गर्ने र त्यसलाई विश्लेषण गर्ने काम बाँकी नै छन् । यसपछि नै संक्रमित बिरामीको जोखिमका पक्षहरु विश्लेषण गर्न र पत्ता लगाउन थप सजिलो हुनेछ ।

यो अध्ययन कोपनहेन विश्वविद्यालयले रिग्स, बिस्पेबजर्ग र फ्रेडरिक्सबर्ग अस्पतालसँग मिलेर गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay