scheduleबिहिवारबैशाख ९ गते, २०७८

आइतबारको मौसम: पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडौं, २५ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशका पहाडी भूभागहरुका आंशिक वदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

उच्च पहाडी तथा हिमाली भु-भागका केही स्थानहरुमा हल्का हिमपात तथा प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु साथै गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay