scheduleबुधवार आश्विन ६ गते, २०७८

प्रिमियर लिग: अन्तिम समयको गोल मद्दतले एभर्टनले युनाइटेडलाई बराबरीमा रोक्यो

काठमाडौं, २५ माघ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार मध्यराति भएको खेलमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई एभर्टनले ३-३ गोलको बराबरीमा रोकेको हो ।

खेलको अन्तिम मिनेटमा गोल खाएपछि युनाइटेडको हातबाट २ अंक खोसिएको थियो । युनाइटेडका तर्फबाट एडिन्सन काभानी, ब्रुनो फर्नान्डेस र स्कट म्याक्टोमिनेले १-१ गोल गरेका थिए ।

एभर्टनका अब्दुलाए डोकोरे, जेम्स रोड्रिग्वेज र डोमिनिक केल्भर्ट लेविनले १-१ गोल गरे । केल्भर्ट लेविनकै अन्तिम समयको गोलले युनाइटेड स्तब्ध बनेको थियो ।

खेलको मिनेटमा गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । पहिलो हाफ सकिनै लाग्दा फर्नान्डेसले गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको ४९औं मिनेटमा डोकोरेले गोल फर्काए भने ५२औं मिनेटमा रोड्रिग्वेजले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याए । ७०औं मिनेटमा म्याकटोमिनेले गोल गरेपछि खेलमा पुनः युनाइटेडले अग्रता लिएको थियो ।

दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा केल्भर्ट लेविनले गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याए र टोलीको हार टारे ।

यस बराबरीपछि युनाइटेड २३ खेलबाट ४५ अंक जोड्दै दोस्रो स्थानमा यथावत रहेको छ भने एभर्टन २१ खेलबाट ३७ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ ।

इन्जुरी समयमा गोल गरेपछि एभर्टनका डोमिनिक केल्भर्ट लेविन

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय