scheduleबुधवारबैशाख ८ गते, २०७८

हिउँले ढाकियो रारा

फाइल फोटो

मुगु, २५ माघ । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल मध्येको एक रारा हिउँले ढपक्क ढाकिएको छ । महेन्द्र तालको नामले समेत चिनिने रारा समुद्र सतहदेखि २९९० मिटर उचाईमा रहेको छ ।

पर्यटकीय स्थल रारा यतिबेला हिउँले ढपक्क ढाकिएपछि सुन्दर बनेको छ । पर्यटकका लागि महत्त्वपूर्ण रहेको राराका साथै आसपासका स्थानहरु पनि सेताम्ये बनेका छन् । मनै लोभ्याउने रारा तालमा यतिबेला स्थानीय युवा युवति, बालबालिका रारा घुम्नका लागि पुगेका छन् ।

रारा तालमा हिमपात भएपछि त्यस स्थानका होटल, होमस्टेहरु पनि भरिभराउ भएका छन् । कोरोना महामारीका कारण यसवर्ष बाह्य तथा आन्तरिक पर्यटकको संख्या कम भएपनि राराको सौन्दर्यले सबैलाई आकर्षित बनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay